२१ कार्तिक २०८३, शनिबार

गुठी संस्थानको सञ्चालक समिति सदस्यमा डंगोल नियुक्त

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ साउन । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गुठी संस्थानको सञ्चालक समिति सदस्यमा रामशरण डंगोललाई नियुक्त गरेको छ ।

काठमाडौँ महानगरपालिका–१३ कालीमाटीका डंगोललाई गुठी संस्थान ऐन, २०३३ अनुसार तीन वर्षका लागि मनोनीत गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव गोपीनाथ मैनालीका अनुसार यही साउन ६ गतेको मन्त्रिस्तरीय निर्णयले डंगोललाई उक्त पदमा मनोनीत गर्ने निर्णय गरेको थियो । –रासस