२१ कार्तिक २०८३, शनिबार

दराज च्याम्पियनसिप केस स्टडि अवार्ड नेपाल कमर्स क्याम्पसलाई

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ८ साउन । दराज च्याम्पियनसिप केस स्टडिको दोस्रो संस्करणको टाइटल नेपाल कमर्स क्याम्पसले जितेको छ । केस स्टडि २०१८ को फाइनलमा सात प्रतिस्पर्धिहरुलाई पछि पार्दै नेपाल कमर्स क्याम्पस पहिलो बनेको हो ।

केस स्टडि विजेता कमर्स क्याम्पसका मल्लिका कार्की, लिप्सा कर्मचार्य र शुनिता तन्डुकारको समुहले १ लाख रुपैंया पुरस्कार हात पारेको छ । त्यसैगरि एस इस्न्टीच्युट अफ मेनेजमेन्ट समुहले दोस्रो स्थान हासिल गर्दै ५० हजार तथा ब्रिटिस कलेज समुहले तेस्रो हुँदै २५ हजार रुपैयाँ पुरस्का रपाएका छन् ।

दराज केस स्टडि कार्यक्रमले भविष्यको नेतृत्वको अवसर दिने बाटो खोल्दै दराज फ्यूचर लिडरशिप प्रोग्राम अन्तर्गत विजयी समूहलाई १८ महिना काम गर्ने अवसर पनि दिएको छ । १८ महिनामा विद्यार्थीहरुलाई दराजले उनीहरुको चाहना अनुसार ३ फरक विभागमा ६ महिना तालिम दिनेछ । १८ महिनाको सफल तालिमपश्चात उनीहरुलाई दराजको व्यवस्थापन विभागमा काम गर्ने अवसर मिल्ने दराज केमु प्रालिले जनाएको छ।

पछिल्लो वर्षको पहिलो संस्करणलाई नियमितता दिँदै एस इस्न्टीच्युट अफ मेनेजमेन्टसँगको सहकार्यमा दराज केमु प्रालिले केस स्टडिकोदोस्रो संस्करण आयोजना गरेको हो। प्रतिस्पर्धामा कुल २२ कलेजहरु सहभागी भएका थिए । जस मध्ये फाइनलमा पुगेका ८ वटा कलेजहरुले संयुक्त रुपमा १ लाख ७५ हजार रुपैंया नगद पुरस्कार पाएका थिए ।

ब्रिटिस कलेज, एस इन्स्टीच्युट अफ मेनेजमेन्ट, मेधावी कलेज, नेपाल कमर्स क्याम्पस, क्वेस्टइन्टर नेसनल कलेज, कुसुम , इस्लिङ्गटन कलेज र काठमाडौं मोडेल कलेज गरी ८ वटा कलेजहरु फाइनल चरणमा पुगेका थिए ।

सबै कलेजका विद्यार्थीहरुलाई दराज पाकिस्तानसँग सम्बन्धितकेस स्टडिमा प्रतिष्पर्धा गराइएको थियो । ग्राहक प्रतिको इमान्दारितालाई केन्द्रमा राखेर उत्कृष्ट व्यवसायिक कार्यक्रम सुझाव गर्न विद्यार्थीहरुलाई प्रोत्साहित गरिएको थियो ।