२१ कार्तिक २०८३, शनिबार

भरतपुरको मुख्य सडकमा तीन पाङ्ग्रे सवारीसाधनलाई रोक, उच्च अदालतको मुद्दा किनारा लाग्न बाँकी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ८ साउन । भरतपुर महानगरपालिकाले पूर्व–पश्चिम लोकमार्ग, बाइपास रोड र नारायणगढ मुग्लिन सडक खण्डमा तीन पाङ्ग्रे सवारीसाधन सञ्चालनमा मंगलबारबाट रोक लगाएको छ ।

तीन पाङ्ग्रे सवारीसाधन व्यवस्थापन गर्न लागेको कार्यविरुद्ध ‘ई’ रिक्सा तथा अटो व्यवसायीले दिएको मुद्दामा उच्च अदालत पाटन हेटौँडा इजलासले सोमबार वैकल्पिक सडक भएका ठाउँमा तीन पाङ्ग्रे सवारीसाधन व्यवस्थापन गर्न बाटो खुल्ला गरिदिएको थियो ।

मंगलबारबाट तोकिएका ठाउँमा तीन पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । इजलासबाट सोमबार जारी आदेशमा भनिएको छ, “प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म विपक्षी भरतपुर महानगरपालिकाभित्र पर्ने राजमार्गको वैकल्पिक सडक भएका स्थान बाहेक सो राजमार्गको वैकल्पिक सडक नभएका स्थानसम्ममा मात्र प्रवेश गर्न निवेदनमा उल्लेखित प्रकृतिका तोकिएको मापदण्ड पूरा गरेका सवारीसाधनलाई रोक नलगाउनु भनी विपक्षीका नाउँमा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।”

हेटौँडा इजलासको आदेश अनुसार राजमार्गको वैकल्पिक सडक भएका ठाउँमा तीन पाङ्ग्रे सवारीसाधन व्यवस्थापनको बाटो खुल्ला भएको भरतपुर महानगर प्रमुख रेनु दाहालले बताउनुभयो । उहाँले ‘ई’ रिक्सा, अटो, टेम्पोलगायतका तीनपाङ्ग्रे सवारीसाधन व्यवस्थापनसँगै शहरको सुन्दरता र यातायातलाई प्रभावकारी सञ्चालनको काममा महानगर दृढ संकल्प लिएर अघि बढ्ने बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख प्रहरी निरीक्षक बेदप्रसाद गौतमले बाटो काट्नुपर्ने १६ ठाउँ बाहेकका ठाउँमा तीन पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको बताउनुभयो । पहिलो दिन सम्झाइबुझाइ पठाइएको र जरीवाना नगरिएको उहाँले बताउनुभयो ।

महानगरले साउन ५ गतेबाट ती सडकमा तीन पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने सूचना जारी गरेको थियो । ‘इ’ रिक्सा तथा अटो व्यवसायीले उच्च अदालत पाटनको हेटौंँडा इजलाशमा रिट दायर गरेपछि महानगरले अदालतको फैसला कुरेको थियो । –रासस