
गुल्मी, ७ साउन । गुल्मीमा जिल्ला विपद प्रतिकार्य समूह तालिम साेमबारदेखि सुरु भएकाे छ । जिल्लामा विपदको समयमा तत्काल व्यबस्थित रुपमा खोज, उद्धार तथा राहत कार्य गर्न सकियोस भन्ने अभिप्रायले स्थानीय सरकार र सरोकारवाला कार्यालयहरुको सहभागितामा तालिम सन्चालन गरिएको हो ।
साउन १२ गते सम्म ६ दिन सन्चालन हुने तालिममा जिल्लाका १२ बटै स्थानीय तहका प्रतिनिधि, उद्योग बाणिज्य संघका प्रतिनिधि, नेपाल प्रहरी, नेपाल आर्मी, शसस्त्र प्रहरी बल तथा रेडक्रसका स्वयंसेवक गरी २४ जनाको सहभागिता रहेको छ । तालिममा सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक अभ्यास गराइनुका साथै प्रशिक्षार्थीको विषयगत तथा व्यवहारगत मुल्याकन हुनेछ ।
नेपाल रेडक्रसद्धारा सन्चालित विपद उत्थानशील समुदाय निर्माणका लागि सामुदायिक पहल कार्यक्रम अन्तरगत तालिम सञ्चालन गरिएको नेपाल रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिए ।
तालिममा नेपाल रेडक्रस सोसाइटीको तर्फबाट महेशचन्द्र गौतमको नेतृत्वमा प्रशिक्षक टोली खटाइएको छ । टोलीमा अन्जन आचार्य, उत्तम शर्मा , डिवि पछाई र कृष्ण खनाल छन् ।












प्रतिक्रिया