
सर्लाही, २९ पुस । अनेरास्ववियुले सर्लाहीका शितलहर प्रभावित क्षेत्रहरुमा न्यानो कपडा वितरण कार्यक्रमको अभियान सञ्चालन गरेको छ ।
अनेरास्ववियु अतिरिक्त तथा रचनात्मक क्रियाकलाप बिभागले मंगलबार सर्लाहीका शितलहर प्रभावित क्षेत्रका बालबालिकाहरुलाई दुई सय थान न्यानो कपडा वितरण गरेको अनेरास्ववियु सचिव राधिका खतिवडाले दैनिक नेपाललाई जानकारी दिनुभयो ।
‘अनेरास्ववियु सडकमा टायर बाल्ने र आन्दोलन गर्ने मात्र गर्दैन सामाजिक उत्तरदायित्वप्रति पनि त्यत्तिकै सचेत छ भन्ने प्रमाणित गर्न यस्तो अभियान सञ्चालन गरेको हो,’ उहाँले भन्नुभयो, ‘हामी बुधबार सप्तरी जिल्लाका शितलहर प्रभावित क्षेत्रहरुमा १ सय ५० थान न्यानो कपडा वितरण गर्दै छौँ ।’
उहाँले कैलालीलगायतका अन्य जिल्लामा पनि यो अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।















प्रतिक्रिया