
काठमाण्डौं, ७ साउन । एनआईसी एशिया बैंक लिमिटेडले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।
यस सम्झौताअनुसार अब एनआईसी एशिया बैंकका ग्राहकहरुले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरु खरिदगर्न सक्नेछन् ।
मुलुकभर रहेका बैंकका २ सय ३३ वटै शाखाहरुबाट सो पोलिसीहरु खरिदगर्न सकिने बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृ रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका छन् ।
हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।















प्रतिक्रिया