
ललितपुर, ७ साउन । ललितपुरको भैंसेपाटी स्थित नेपाल मेडिसिटी हस्पिटल र प्राइम बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार प्राइम बैंकका कर्मचारी र सेवाग्राहीले अस्पतालबाट विशेष छुट प्राप्त गर्ने भएका छन् ।
अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल र प्राइम बैंकका तर्फबाट नायव महाप्रबन्धक भाईराजा तुलाधरले उक्त सहकार्य गर्नेबारे सोमबार हस्ताक्षर गरेका हुन् ।
प्रविधिको विकाससंगै बैंकिङ्ग क्षेत्रमा आएको विकास र अत्याधुनिक प्रविधि तथा उपकरणसहितको नेपाल मेडिसिटी अस्पतालसँग सहकार्य गर्न पाएकोमा तुलाधरले खुशी व्यक्त गरे ।















प्रतिक्रिया