१ कार्तिक २०८३, आइतबार

अखण्ड पार्टीले आफैँ गर्‍यो संविधानको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakhand-party

काठमाडौं, २९ पुस । तीन ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीसहित अन्य केही दल संविधान निर्माणको विषयलाई लिएर अलमलमा परिरहेका बेला अखण्ड नेपाल पार्टीले भने ‘नेपालको संविधान २०७१’ घोषणा गरेको छ ।

मंगलबार नयाँ बानेश्वरको बोष्टर मिडियामा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीका प्रवक्ता डा. प्रदीप ढकालले संविधानको घोषणा गर्नुभएको हो । ‘ठूला राजनीतिक दलहरु जनतासँग गरेको प्रतिवद्धताबाट पछि हटेपछि जनतासँग गरेका बाचा पुरा गर्न एक वर्ष भित्रमै संविधान जारी गरेको हो,’ ढकालले भन्नुभयो, ‘ठूला भनिएका राजनितिक दलहरु असक्षम भएर देश र जनतालाई अनिर्णयको बन्दी बनाएको हामीले टुलुटुलु हेर्न सकेनौँ ।’

राष्ट्रिय अखण्डतालाई छिन्नभिन्न पार्ने र सामाजिक सद्भाव खल्बल्याउन उद्यत मुलधारका राजनीतिक दलहरुलाई चुनौती दिदै अखण्ड पार्टीले देशको आत्मा प्रतिविम्मित संविधान निर्माण दाबी गरेको छ ।

‘हामीले जारी गरेको संविधानमामा शासकीय स्वरुपमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति, राज्यको पुर्नसंरचनामा हिमाल, पहाड, तराई जोडिने गरी अहिलेको ५ विकास क्षेत्र र उपत्यकाका तीन जिल्ला गरी ६ ओटा प्रदेश छन्,’ ढकालले भन्नुभयो, ‘धार्मिक स्वतन्त्रतासहित देश हिन्दु सापेक्ष राष्ट«लाई हामीले संविधानमा उल्लेख गरेका छौँ ।’

उहाँले अखण्ड नेपालले जारी गरेको संविधान जनताको घरदैलोमा पुगेर आम नेपालीबाट नै अनुमोदन गराउने समेत जानकारी दिनुभयो ।
संविधानसभामा अखण्ड नेपालको एक सिट रहेको छ । पार्टीका तर्फबाट अध्यक्ष कुमार खड्का सभासद् हुनुहुन्छ । खड्का कार्य व्यस्तताका कारण पत्रकार सम्मेलनमा उपस्थित हुनुभएको थिएन् ।