२१ कार्तिक २०८३, शनिबार

२० प्रतिशत बालश्रमिकप्रति नगरपालिकाको ध्यान गएन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, ७ साउन । बर्दिया नगरपालिकाले नेपालकै पहिलो विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर नभएको घोषणा गरेपनि २० प्रतिशत वालश्रमीक अझै विद्यालय बाहिर छन् ।

‘एक बच्चा भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने मूल नाराका साथ गत असार २८ गते चालू शैक्षिकशत्रमा नगरपालिकाभरिका सबै बालबालिका विद्यालयमा भर्ना गराएर उक्त नगरपालिकालाई नेपालकै पहिलो विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर नभएको घोषणा गरे पनि २० प्रतिशत बालबालिका अझै स्कूल बाहिर रहेर बालश्रम गर्दैछन् ।

भारतका ठूला शहरमा समेत पुगेर श्रम गर्ने बालबालिकाको तथ्याङ्क संकलन र तिनले निःशुल्क रुपमा पढ्न पाउन पर्ने नीति बनाउनु पर्ने हो तर त्यसतर्फ राज्यको ध्यान नगएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले बताउनुभयो । –रासस