२ कार्तिक २०८३, सोमबार

अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बन्यो एनएमबि बैंक

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ७ साउन । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ ।

बैंकको क्षमता तथा योजनाको बिश्लेषण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । गत अप्रिल २०१८ इन्टरनेश्नल फाइनान्स कर्पाेरेशनका प्रतिनिधि मण्डलले एनएमबि बैंकको भ्रमण गरि ऋणको कार्यान्यवन योजना तथा लगानी क्षेत्रहरुको गहन अध्यन गरेका थिए ।

वित्तीय क्षेत्रमै पहिलो पटक एनएमबि बैंकले नेपाल सरकारको बिकास नीति तथा कार्यक्रमहरुमा पर्ने क्षेत्रहरु जस्तै कृषि, उर्जा, पर्यटन, राष्ट्रिय राजमार्ग, बिद्युत प्रसारण लाईन, केवलकार, सुरुङ्गमार्ग, एयरपोर्ट, पुल, साना तथा मझौला व्यवसाय, लघुवित्त गरि विभिन्न खाले आधारभूत संरचनाका क्षेत्रहरुमा वित्तीय लगानी गरेर देशकै अर्थतन्त्रमा साकारात्मक प्रभाब पार्ने उद्देश्यले काम गरिरहेको छ ।

साथै बैंकले अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुबाट समेत यस्तै प्रकारका ऋण ल्याउन पहल गरिरहेको जनाएको छ ।