२१ कार्तिक २०८३, शनिबार

‘घर घरमा पानीको धारा, समस्याबाट छुटकारा’

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सलिम अन्सारी ।

प्यूठान, ६ साउन । बर्षेनी गर्मीयाममा पानीको समस्या हुने गाउँमा घर–घरमा पानी पुगेपछि सहज भएको छ ।

ऐरावती गाउपालिका वार्ड न ६ आँपखोलाका स्थानियको घर–घरमा पानी पुगेपछि उनीहरुलाई सहज भएको हो ।

चौबिसै घण्टा धारामा पानी खस्न थालेपछि उनीहरुले घरकै छेउमा करेसाबारी बनाएर तरकारी खेतीको समेत थालनी गरेका छन् । “सधै खडेरीमा पानीको समस्या हुन्थ्यो, अहिले घरमा धारा जोडेपछि समस्या छैन ।”, आँपखोलाकी मिना घर्तिमगरले बताईन् ।

खोलाको, कुन्टा कुन्टीको पानी खाने स्थानियले त्यही पनि सुकेर हैरानी खेप्न परेको पिडा सुनाउदै अब भने निक्कै सजिलो भएको अनुभव व्यक्त गरे । दिन रात चौबिसै घण्टा पानी भएकाले निकै खुसी भएको स्थानिय कमला रायमाझी सुनाउँछिन् । नुहाउन र कपडा धुन समेत टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाई छ ।

वर्षौ देखि खानेपानीको समस्या झेल्दै आएका आँपखोलाका बासिन्दाहरु अब भने खानेपानीको पहुँचमा पुगेका छन् । “ दुई घण्टा हिडेर खुल्ला कुन्टाको पानी बोकेर खाइयो”– ६२ वर्षिय पार्वती थापा मगरले भनिन् – “अहिले त सबैका घर घरमा चौविसै घण्टा कलकल बग्ने धारा बनिसके ।”

सबैको घरमा प्रशस्त पानी उपलब्ध भएपछि व्यक्तिगत सरसफाई, शौचालयको राम्रो प्रयोग र घर वरपरको वातावरण पनि सफा स्वच्छ राख्न सकिने उनले बताइन् ।

आँपखोलाबाट ल्याएको सानो पानीको मुल नै सुकेपछि त्यहाँका बासिन्दाले खानेपानीको समस्या झेल्दै आएका थिए ।

उपभोक्ता पार्वती थापाले भनिन् –“पानी खानको लागि मात्रै धेरै समस्या खर्चिने गरेका थियौं”– उनी भन्छिन् “अब त आफ्नो आँगनकै धाराबाट जुनसुकै समयमा पनि प्रशस्त पानी उपभोग गर्न पाउने भैयो धेरै खुसी छौं ।”

ऐरावती गाउँपालिका, पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाको सहयोगमा उक्त खानेपानी योजना सम्पन्न भएको हो ।