काठमाडौँ, २९ पुस । सत्ताको नेतृत्व गरिरहेका दल नेपाली काँग्रेस र नेकपा–एमालेले एमाओवादीसहितका विपक्षी दलले गरेको बन्दको विरोध गरेका छन् ।
संविधानसभा भवन नयाँ बानेश्वरमा मंगलबार बिहान बसेको ती दलको बैठकले बन्दलाई ‘संविधानसभा र संविधान विरोधी’ कार्य भनेका छन् ।
अनुचित र जनविरोधी कदमलाई विपक्षी दलले नसच्याए संविधानसभालाई विधि र प्रक्रियाअनुसार अगाडि बढाउनृ पनि उनीहरुले निर्णय गरेका छन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै काँग्रेस उपसभापति रामचन्द्र पौडेलले एमाओवादी सहभागी भए पनि नभए पनि संविधान निर्माण प्रक्रियामा अघि बढ्ने बताउनुभयो ।















प्रतिक्रिया