२१ कार्तिक २०८३, शनिबार

बाँकेको विकासको लागि कुनै कसर बाँकी राख्दिनँ: मन्त्री राई

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-आकाश देबकोटा

बाँके, ५ साउन । सहरी विकासमन्त्री मो. ईश्तियाक राईले जिल्लाबासीका नाताले आफूले बाँकेको विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता दोहो¥याएका छन् । संघीय समाजवादी फोरमका केन्द्रीय सचिव समेत रहेका राईले शनिबार कार्यकर्ताहरुले राखेका माग र समस्याहरुको सम्बोधन गर्दै बाँकेलाई चाँडोभन्दा चाँडो विकासको अनुभूत गराउने गरी योजना बनाउने र कार्यान्वयनमा लैजाने काम भईरहेको बताए ।

मन्त्री भईसकेपछि तेस्रो पल्ट नेपालगन्ज आएका राईले आफूहरु सरकारमा सहभागी भएको औचित्य पुष्टि गर्नेगरी युद्धस्तरमा काम गरिरहेको पनि बताए । जिल्लाका आठै पालिकाका नेता–कार्यकर्ताहरुलाई सम्बोधन गर्दै राईले भने, ‘संविधान संशोधन र विकासको मुद्दा लिएर हामी सरकारमा सहभागी भएका हौं । त्यसका लागि हामी द्रुत गतिमा काम गरिरहेका छौं । चाँडै नै जनताले त्यसको महशुस गर्नेछन् ।’

मन्त्री राईले बाँकेमा राष्ट्रिय स्तरको पार्क बनाउने, धर्मशाला निर्माण गर्ने, महिला डिग्री कलेज स्थापना गर्ने, भेरी अंचल अस्पतालको स्तरोन्नती गर्ने तथा सडक लगायतका भौतिक संरचना निर्माण गर्ने काम प्राथमिकतामा राखिएको पनि जानकारी दिए ।

राईले यही माघको २७ देखि २९ गतेका लागि तय भएको संघीय समाजवादी फोरमको महाधिवेशनको तयारीमा जुट्न पनि स्थानीय नेता–कार्यकर्तालाई निर्देशन दिए ।

फोरमका नेता–कार्यकर्ताहरुले जिल्लाको विकास, संविधान संशोधन र नागरिकता समस्या समाधानका लागि भईरहेका पहलबारे मन्त्री राईसँग जिज्ञासा राखेका थिए ।