
मकवानपुर , ५ साउन । २१ किलो लागूऔषध चरेस सहित एक जना पक्राउ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
मनहरी गाउँपालिका–८ देवकोट बस्ने ५० वर्षीय प्रेमबहादुर मोक्तानलाई लागूऔषध चरेश २१ किलो ९ सय ग्राम सहित प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त चरेश सहित मोक्तानलाई शुक्रबार उनकै घरबाट पक्राउ गरेको हो ।
उनीबारे अन्य जानकारीका लागि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।












प्रतिक्रिया