१० कार्तिक २०८३, मंगलबार

अलैँचीको बजार मूल्य सम्बन्धी स्पष्ट नीति ल्याउनुपर्छः कृषक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


लमजुङ, ५ साउन । नर्सरीमा लगाएका लाखौँ बिरुवा बिक्री नभएपछि यहाँका अलैंची कृषक चिन्तित भएका छन् ।

जिल्लामा २० लाख भन्दा बढी अलँैची बिरुवा उत्पादन भए पनि हालसम्म चार लाख पनि बिक्री नभएको अलैँची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताउनुभयो ।

“जिल्लाका विभिन्न स्थानमा रहेका १० भन्दा बढी व्यावसायिक अलैँची नर्सरीबाट २० लाख भन्दा बढी बिरुवा उत्पादन भएको छ” अध्यक्ष तामाङले भन्नुभयो, “अलँैची रोप्ने मुख्य समय यही हो, यही बेला बिरुवा बिक्री भएको छैन, अब किसानलाई नोक्सानी मात्रै भयो ।”

अघिल्लो वर्ष अलँैचीको प्रति बिरुवा रु १२ देखि रु १८ सम्ममा बिक्री वितरण भएको थियो । अहिले जिल्लामा प्रति बिरुवाको मूल्य रु पाँच देखि रु आठसम्म कायम गरिएको छ । प्रति बिरुवा रु तीनमा बिक्री गर्दा पनि अपेक्षित व्यापार नभएको कृषकको गुनासो छ ।

“बिरुवा जसरी पनि बिक्री गर्नु पर्योभनेर रु तीनसम्ममा दिदाँ पनि बिक्री भएको छैन” अलैँची कृषक ईश्वर गुरुङले भन्नुभयो ।

अलैँचीको मूल्यमा गिरावट आएसँगै कृषकको अलैँची प्रतिको आकर्षण घटेको हुँदा बिरुवा बिक्री हुन नसकेको हो । “अलैँची टिप्ने बेला मूल्य घट्छ, किसानलाई दुःख गरेअनुसार आम्दानी हुँदैन” अर्का अलैँची कृषक सोमबहादुर तामाङले भन्नुभयो, “मूल्य नपाएर नै अलँैचीप्रति आकर्षण घटेको हो ।”

लागतअनुसार अलँैचीको मूल्य नपाउँदा बाध्य भएर किसानले अन्य विकल्प खोज्न थालेका हुन् । अलैँची प्रतिको आकर्षण घटेपछि बिरुवा बिक्री हुन छोडेको किसानको गुणासो छ ।

अघिल्ल वर्षमा प्रतिकिलो रु दुई हजार ५०० सम्म बिक्री भएको अलैँची गतवर्ष रु ६०० मा बिक्री गर्न बाध्य भएपछि किसान निराश बन्दै आएका छन् । वर्षौदेखि व्यावसायिक अलैँचीखेती गर्दै आएका किसानलाई अलैँचीको मूल्य गुणत्मक रुपमा अत्यधिक घटेपछि विकल्प खोज्न बाध्य भएका छन् ।

केहीवर्ष अघिसम्म अलँैचीको बजार निकै राम्रो भए पनि सरकारको स्पष्ट नीति नहुँदा विचौलियाले चलखेल गरेको पीडित किसानको आरोप छ । व्यावसायिक कृषिसँग जोडेर अलैँची प्रवद्र्धन गर्न र बजार तथा मूल्य सम्बन्धी स्पष्ट नीति बनाइ किसानलाई उत्प्रेरित गर्न सरकारले नै विशेष पहल गर्नुपर्ने उनीहरुको माग छ ।

लमजुङमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत अलँैची उत्पादन हुने क्षेत्रलाई समेटेर अलैंची जोन कार्यक्षेत्र बनाइ विशेष कार्यक्रम सञ्चालन पनि गरिएको छ ।

जिल्लाको भुलभुले, बाँझाखेत, घनपोखरा, खुदी, गौंडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँ लगायतका गाउँ पाखामा व्यावसायिक अलैँचीखेती हुँदै आएको छ । –रासस