
काठमाडौँ, ५ साउन । भक्तपुरका पर्यटकलाई लक्षित गरी भक्तपुरदेखि पोखरासम्म सुविधासम्पन्न पर्यटकीय बस सञ्चालन गर्ने भएको छ ।
यसअघि काठमाडौँ ठमेलका पर्यटकलाई लक्षित गरी ठमेलदेखि पोखरासम्म बस सञ्चालन गर्दै आएको व्यास ट्राभल्स एण्ड टुर्सले भक्तपुरका पर्यटकलाई लक्षित गरेर आईतबारदेखि बस सञ्चालन गर्न लागेको हो ।
व्यास ट्राभल्स एण्ड टुर्सका सञ्चालक दीपक भट्टराईले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि अत्याधुनिक सेवा र सुविधासहित बस सेवा विस्तार गर्न लागेको जानकारी दिनुभयो ।
“सेवा विस्तारसँगै भक्तपुर पर्यटन क्षेत्रको विकासमा समेत सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।
उक्त बस भक्तपुरको सूर्यविनायकबाट कोटेश्वर, बानेश्वर, जमल, सोह्रखुट्टे, बालाजु, कलंकी हुँदै पोखरासम्म जानेछ । बत्तीस सिट क्षमता भएको बसमा ‘थाई रेष्ट’ सिट र शौचालयसहितको व्यवस्था छ । व्यास ट्राभल्सको हाल दुई वटा बस सञ्चालनमा छन् ।–रासस















प्रतिक्रिया