२१ कार्तिक २०८३, शनिबार

स्थानीय संचार नीति निर्माण सम्बन्धी अमरगढी नगरपालिकामा अन्तर सम्वाद शुरु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-राजेन्द्र ठगुन्ना

डडेल्धुरा, ५ साउन । अमरगढी नगरपालिकाले स्थानीय संचार नीति निर्माणका लागि शनिबार अन्तर सम्वाद कार्यक्रम संचालन गरेको छ ।
विकासमैत्री संचार संचारमैत्री स्थानीय सरकार भन्ने विषयक अन्तर सम्वाद कार्यक्रम संचालन गरिएको हो ।

अमरगढी नगरपालिका स्थानीय सरकार भएकोले यस क्षेत्रमा रहेको संचार माध्यमहरुलाई व्यवस्थित र दिगो बनाउनका लागि संचार नीति निर्माण गर्न लागिएको अमरगढी नगरपालिका प्रमुख विशेश्वर प्रसाद ओझाले बताए ।

संचार नीति निर्माणका लागि डडेल्धुरा जिल्लामा रहेका संचारकर्मीहरुसँग गरिएको प्रारम्भिक छलफलमा नगर प्रमुख ओझाले स्थानीय सरकारलाई सफल बनाउनका लागि संचार माध्यम र संचारकर्मीहरुको अहम् भूमिका हुने भएकोले संचारकर्मीहरुप्रति अमरगढी नगरपालिका उत्तरदायी रहेको समेत बताए ।

उनले भने, ‘अमरगढी नगरपालिकाले संचार नीति निर्माण गरेर स्थानीय तथा राष्ट्रिय विज्ञापनहरुलाई समेत नीतिमा समावेश गरि स्थानीय संचार माध्यमहरुका साथै राष्ट्रिय मिडिमामा आवद्ध पत्रकारहरुको विशेष भूमिका देखिने गरि संचार नीति ल्याउने गरि अगाडी बढेका छौँ ।’

संघीय सरकार र प्रदेश सरकारले निर्माण गर्ने संचार नीतिसँग नबाझिने गरि जिल्लाका सवै स्थानीय तहहरुमा संचार नीति एउटै खालको हुने गरि अगाडी बढ्नु पर्ने संचारकर्मीहरुले सुझाव दिएका छन् । संचार नीति निर्माण गर्दा विज्ञापन नीति र जिल्लामा रहेका संचारमाध्यमहरुलाई पनि व्यवस्थित रुपमा टिकाई राख्नका लागि अमरगढी नगरपालिकाले संचार नीतिमा उल्लेख गर्नु पर्ने नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष मानबहादुर साउदले बताए ।

स्थानीय सरकारले आफ्नै संचार गृह स्थापना गरि संचालन गरिने परिपाटी गलत भएको समेत साउदले बताएका छन् । स्थानीय सरकारले संचार क्षेत्रलाई हेर्ने दृष्टिकोण कस्तो रहन्छ भन्ने कुरा स्थानीय सरकारको संचार नीतिमा भर पर्ने नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य उत्तर बिष्टले बताए ।