काठमाडौं, ५ साउन । तारा एअर प्रालिले शुक्रबार आफ्नो नयाँ ट्विनअटर वायुयान भित्र्याएको छ ।
सो विमान सेसेयल्स, माल्दिभ्स, भारत हुँदै काठमाडौंमा शुक्रबार बेलुकी ६ बजेर २५ मिनटमा अवतरण गरेको हो ।
चालक दलमा वरिष्ठ क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, वरिष्ठ क्याप्टेन पवनसिंह नगरकोटी तथा प्राविधिक सहयोगार्थ ईन्जिनियर जगत लामा रहेका छन् ।
चालक दलका साथमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तर्फबाट एअर वर्दिनेस्ईनिस्पेक्टर ईन्जिनियर विधान श्रेष्ठ रहेका छन् । नयाँ विमान भाईकिङ्ग ४०० श्रृङ्खलाको हो ।
भाईकिङ्ग ४०० श्रृङ्खलाका यी ट्विनअटर वायुयानहरू सजिलै नेपालका चुनौतीपूर्ण विमानस्थलहरू लुक्ला, डोल्पा, तथा रारामा उडान भर्न सक्षम छ ।
रितपूर्वक सबै जाचँहरूबाट सफलतापूर्वक गुज्रिएर, परीक्षण उडानसमेत सफलतापूर्वक सम्पन्न गरेपछि सो विमानलाई नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा दर्ता नम्बर प्रदान भएको छ ।
नयाँ वायुयान थप भएबाट नेपालको सन् २०२० सम्ममा २० लाख पर्यटक भित्राउने महत्वाकांक्षमा तारा एअरले समेत महत्वपूर्ण योगदान पुर्याउन सक्नेमा तारा एअर परिवारले विश्वास गरेको छ ।
तारा एअर प्रालिको उद्देश्यनै विकट नेपालको विकास रहेको जनाएको छ ।















प्रतिक्रिया