
काठमाडौं, ४ साउन । नयाँ आर्थिक वर्ष सुरु भएको पहिलो साता नेप्सेमा गिरावट आएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६.७० अंकले घटेको हो ।
साताभरमा ६.७० अंकले गिरावट आउदा नेप्से परिसूचक अन्तिम दिन १ हजार १ सय ९३ दशमलव ३९ अंकमा आइपुगेको छ ।
यो सातामा सेयर बजारमा एक अर्ब ४५ करोड ५१ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ । यो साता ४७ लाख ५४ हजार पाँच सय २० कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ४५ करोड ५१ लाख ५७ हजार रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ८६ कम्पनीहरुको कारोबार भएको छ । कारोबार रकम अघिल्लो साताको भन्दा ३१ दशमलव ३२ प्रतिशत कम हो ।















प्रतिक्रिया