२१ कार्तिक २०८३, शनिबार

राप्रपाकाे गण्डकी प्रदेश समितिले पूर्णता पायो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीको गण्डकी प्रदेश कार्य समितिले शुक्रबार पूर्णता पाएको छ । पार्टीको विधान बमोजिम अध्यक्ष कमल थापाले गण्डकी प्रदेशका अध्यक्ष हेमजङ गुरुङको सिफारिस अनुसार पदाधिकारी मनोनयन गरेका हुन् ।

जसअनुसार गण्डकी प्रदेशको उपाध्यक्षमा देवी प्रसाद कँडेल (वागलुङ) र गिता गुरुङ (कास्की), सचिबमा वरुण विक्रम राणा (कास्की), प्रवक्तामा नवराज वसौला (लमजुङ), कोषाध्यक्षमा पञ्च बहादुर गुरुङ (स्याङजा) सह–सचिबमा कृष्णराज अधिकारी (कास्की) रहेका छन् ।

यस्तै, सदस्यहरुमा छमकला कुँवर (स्याङजा), चन्द्रावती पन्त (तनहुँ), एकेन्द्र रावल (म्याग्दी), ठाकुर प्रसाद भुषाल (पर्वत), नारायण गुरुङ (कास्की), कृष्ण प्रसाद पौडेल (तनहुँ) रामचन्द्र अर्याल (लमजुङ), ठाकुर प्रसाद शर्मा (नवलपुर), सुदिप ढकाल (गोरखा), अजित थकाली (मुस्ताङ), क्या. राजकुमार थापामगर (गोरखा) र कल्याण गुरुङ (मनाङ) रहेका छन् ।