२१ कार्तिक २०८३, शनिबार

‘फ्रि’ वाइफाइ सेवा सुरु गर्यो गौरीगञ्ज गाउँपालिकाले

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भद्रपुर, ४ साउन । झापाको दक्षिण क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिकाले सर्वसाधारण जनतालाई सहज रुपमा इन्टरेनटमा पहुँच पु-याउने उद्देश्यले निःशुल्क वाइफाइ सेवा शुरु गरेको छ ।

स्थानीयवासीलाई सूचना प्राप्त गर्न सजिलो होस् भन्ने उद्देश्यले परीक्षणको रुपमा यो सेवा शुरु गरिएको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनुभयो ।

निःशुल्क वाइफाइ सेवा पहिलो चरणमा गाउँपालिका कार्यालय, वडा नं ३ को कार्यालय र गौरीगञ्ज बजार क्षेत्रमा सेवा उपलब्ध हुने गाउँपालिकाका सूचना अधिकृत सुमन थापाले जानकारी दिनुभएको छ ।

हाल गाउँपालिका कार्यालयबाट चार सय मिटर टाढासम्म यो सेवा लिन सकिने र निकट भविष्यमै वाइफाइको रेञ्ज बढाएर एक किलोमिटर आसपाससम्म पु¥याइने सूचना अधिकृत थापाले बताउनुभयो ।

‘अहिले हामी परीक्षणको चरणमा छौं, सूचना अधिकृत थापा भन्नुहुन्छ–“परीक्षण सफल भयो भने गाउँपालिकाका अन्य वडामासमेत यो सेवा विस्तार गर्ने लक्ष्य लिएका छौँ ।”

उहाँका अनुसार वाइफाइ सेवा २४ घण्टा नै फ्रि भए पनि यसको दुरुपयोग नहोस् भनेर हरेक सेवाग्राहीले ‘कनेक्ट’ गरेको एक घण्टापछि स्वतः ‘डिसकनेन्ट’ हुने व्यवस्था मिलाइएको छ । –रासस