काठमाडौं, २९ पुस । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा र नेकपा–माओवादीले छुट्टाछुट्टै रुपमा गरेको मध्यक्षेत्र बन्दका कारण उपत्यकाको जनजीवन प्रभावित हुन पुगेको छ ।
बन्दका कारण विद्यालय, कलकारखाना, यातायातका साधनहरु चल्न सकेका छ्रैनन् । बन्द थाहा नपाएर कतिपय सर्वसाधारण र यात्रु तथा सवारी चलाकहरु बीच बाटोमा नै अलपत्र परेका छन् ।
यसैबीच बन्द गराउँदै हिँडेका त्रिचन्द्र क्याम्पसका आठ विद्यार्थीलाई क्याम्पस अगाडिबाट प्रहरीले नियन्त्रणमा लिएकोे अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य डिबी साउदले जानकारी दिनुभयो । बन्दबारे धेरैलाई पूर्व जानकारी नहुँदा आज बिहान बन्दको खास प्रभाव पर्न सकेको छैन ।















प्रतिक्रिया