
चितवन, ४ साउन । लायन्स क्लब अफ नारायणगढ मिड टाउनको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०१८/१९ का लागी निर्विरोध चयन भएका अध्यक्ष लायन राजन अधिकारीले पदभार ग्रहण गरेका हुन् ।
उक्त क्लबको प्रथम उपाध्यक्षमा दिपक पराजुली, द्धितिय उपाध्यक्षमा प्रकाश गुरुङ्ग, तृतीय उपाध्यक्षमा हरिप्रसाद ढकाल, सचिवमा कपिल आचार्य, कोषाध्यक्षमा गोविन्द पौडेलले पदभार ग्रहण गरेका छन् ।
जोन चियर पर्शन प्रकाश पौडेलको विशेष आतिथ्यतामा भएको उक्त कार्यक्रममा संस्थापक अध्यक्ष लायन शिव प्रसाद पण्डित, पुर्व अध्यक्ष रमेश घिमिरे, निवर्तमान अध्यक्ष लायन ई. राजेश कोईरालाले शुभकामना दिएका थिए ।
लायन्स क्लब अफ नारायणगढ मिड टाउनले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।












प्रतिक्रिया