काठमाडौं । युवा निर्देशक देवेन्द्रराज पाण्डेको निर्देशनमा बनेको ‘चाइनाको रेल’ बोलको तीज गीतको म्यजिक भिडियो रिलिज भएको छ ।
गायिका सरु गौतमको स्वरमा रहेको तीज गीतको म्युजिक भिडियो बिहीबार रिलिज गरिएको हो । कुमार कटुवालको शब्द, दीपक शर्माको संगीत रहेको गीतका एरेञ्जर सुदीप सागर हुन् ।
म्युजिक भिडियोमा सब्बु र सहायक मोडलहरूले नृत्य गरेका छन् । म्यजिक भिडियो राम्रो बनेको निर्देशक पाण्डेले बताए ।
फिल्म निर्देशक समेत रहेका पाण्डेले ‘चाइनाको रेल’मा उत्कृष्ट कौशल देखाएका छन् ।















प्रतिक्रिया