४ कार्तिक २०८३, बुधबार

पोर्नस्टार सन्नीलाई धक्का, फिल्मको नाम फेर्न दवाव

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । पोर्नस्टार एवम् बलिउड अभिनेत्री सन्नी लियोनिको बायोपिक विवादमा आएको छ । बायोपिकको नाम ‘करणजित कौरः एन अनटोल्ड स्टोरी’लाई लिएर सिख समुदायले आपत्ति जनाएका छन् ।

सिखहरूको संगठन सिरोमणि गुरुद्वारा प्रबन्धक कमिटीका प्रवक्ता दिलजित सिंहले बायोपिकको नाम परिवर्तन गर्नुपर्ने अन्यथा प्रशारण हुन नदिने चेतावनी दिए ।

‘यो नामले समस्त सिख सम्प्रदायको अपमान गरेको छ’, उनले भनेका छन्, ‘सन्नीले धर्म परिवर्तन गरिसकेकी छन्, त्यसैले अब कौर थर उनले प्रयोग गर्न पाउँदिनन् ।’

अश्लील चलचित्रकी नायिकाको बायोपिकमा ‘कौर’ थर प्रयोग हुँदा सिख समुदायलाई ठेस पुग्ने सिंहको भनाई छ । यसबारेमा सन्नीले कुनै प्रतिक्रिया दिएकी छैनन् । बायोपिकको ट्रेलर केही दिनअघि सार्वजनिक गरिएको थियो ।

यसमा सन्नीले आफ्नो भूमिका आफैं निभाएकी छन् । कुनै पनि बायोपिकमा यो नयाँ अभ्यास हो । बाल्यावस्थाकी सन्नीको भूमिका भने १४ वर्षीया रसा सौजनीले गरिरहेकी छन् ।

आदित्य दत्तले निर्देशन गरेको यो बायोपिक जि ५ एपमा वेव सिरिजका रुपमा १६ जुलाईबाट प्रशारण हुनेछ । प्रशारण सुरु भएपछि यो अझै विवादमा मुछिन सक्ने अड्कल काटिएको छ । यसमा सन्नीका सेक्स सिनहरू कति समावेश गरिएको छ भन्ने ट्रेलरबाट खुलेको छैन । एजेन्सी