
महोत्तरी, ३ साउन । महोत्तरीको जलेश्वरबाट लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जलेश्वर नगरपालिका ३ स्थित मलिवडाबाट बुधबार एपीएफको टोलीले करीव ८ सय वटा नाईट्रोज ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा डडेलधुरा जिल्लाको अम्मरगढी नगरपालिका १ बस्ने २० वर्षिय सुरेन्द्र ऐर र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका ३ बस्ने १९ वर्षिय प्रशान्त पाण्डे रहेका छन् ।
पैदल हिडिरहेका उनीहरुलाई संकाका आधारमा जाँच गर्दा उनीहरुको साथमा लागूऔषध फेला परेको हो । पक्राउ परेकाहरुलाई टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।












प्रतिक्रिया