२ कार्तिक २०८३, सोमबार

भृकुटीमण्डपमा आजदेखि इक्यान शैक्षिक मेला

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ साउन । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को १२औँ शैक्षिक मेला बिहिबार देखि भृकुटीमण्डपमा शुरु भएको छ ।

मेलाको बहिबार यहाँ परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गर्नुभयो । उहाँले विदेशमा नेपाली विद्यार्थीलाई पढाउन पठाए जस्तै नेपाललाई पनि विदेशी विद्यार्थीका लागिसमेत शैक्षिक गन्तव्य बनाउन सकिने बताउनुभयो ।

उहाँले नेपालमा बौद्ध शिक्षा, हिमाल आरोहण शिक्षा, संस्कृतिलगायतका विषयमा अन्य देशका विद्यार्थी भित्र्याउन इक्यानले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले ‘शिक्षा आर्जन गर्न विदेश जाँदा विद्यार्थी नठगिउन र सही परामर्श पाउन’ भन्ने उद्देश्यले मेलाको आयोजना गरिएको बताउनुभयो ।

इक्यानको शैक्षिक मेला पहिलोपटक सन् २००८ मा वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिएको थियो । मेलामा ३८८ वटा कक्ष राखिएको छ । –रासस