२ कार्तिक २०८३, सोमबार

विराटनगर जुटमिल आज देखि पुनः सञ्चालनमा, दैनिक २० टन जुटको सामग्री उत्पादन हुने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३ साउन । विगत लामो समयदेखि बन्द विराटनगर जुटमिल बिहिबार देखि पुनः सञ्चालनमा आउने भएको छ ।

मिल सञ्चालक समितिका अध्यक्ष वसन्त वनले सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । मिलको मर्मत र विद्युत् जडानसम्बन्धी कार्य सम्पन्न गरिएकाले मिल सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

मिल सञ्चालनका लागि ११ केभिए विद्युत् लाइन जडान सम्पन्न भएको र परीक्षणस्वरुप दैनिक छ टन जुटको सामग्री मिलबाट उत्पादन गर्ने लक्ष्य राखिएको अध्यक्ष वन बताउनुहुन्छ ।

मिल पूर्ण सञ्चालनमा आए दैनिक २० टन जुटको सामग्री उत्पादन हुनेछ । विसं १९९३ मा स्थापित सो मिल मुलुकको सबैभन्दा जेठो उद्योग हो ।–रासस