४ कार्तिक २०८३, बुधबार

तीजमा धमाका मच्चाउन आयो संगीतकार यादवको गीत

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक एवम् संगीतकार यादव योगीले तीज गीत ‘तीजैको बेला मै आउँछु भेट्न…’ बोलको गीत ल्याएका छन् ।

म्युजिक भिडियो रिलिजको तयारी गरिरहेका संगीतकार यादवले गीत राम्रो बनेको प्रतिक्रिया दिएका छन् । गीतमा गायक यादवलाई गायिका रीता केसीले स्वरमा साथ दिएकी छिन् ।

आधुनिक, फिल्म, लोकदोहोरी लगायतका गीतमा संगीत/स्वर दिँदै आएका यादवले प्रत्येक वर्ष तीजका अवसरमा तीज ल्याउने गरेका छन् । ‘सबैको सुझावमा तीज गीत ल्याएको छु’, संगीतकार यादवले भने, ‘गीत राम्रो बनेको छ । सबैले मनाइ पराइदिनु हुनेछ ।’

गीतमा केटाका चार र केटीका चार वटा टुक्का छन् । मध्यपश्चिमका जिल्लाहरूमा गाइने झ्याउरे टप्पामा आधारित तीज विशेष गीतका शब्द पिताम्बर रिजालले लेखेका हुन् ।

अलाप रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको तीज गीतका एरेञ्जर झलक संगीतम हुन् । गीतका रेकर्डिस्ट एसबी मुस्कान हुन् ।