४ कार्तिक २०८३, बुधबार

अपर अरुण र अन्तरदेशीय प्रशारण लाइनमा सहयोग गर्न विश्व बैंक तयार : आवासीय निर्देशक फान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २ साउन । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपाल, भुटान र बङगलादेश हेर्ने विश्व वैंकका आवासीय निर्देशक कुईमिओ फानबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा बुधबार भएको भेटवार्तामा उर्जा क्षेत्रमा लगानी र सहकार्य गर्ने विषयमा छलफल भएको छ । भेटमा उर्जामन्त्री पुनले उर्जा क्षेत्रमा विश्व वैङकले गरेको सहयोगप्रती धन्यवाद व्यक्त गरे ।

मन्त्री पुनले नयाँ मन्त्रीका रुपमा आफूले कार्यभार सम्हालेसँगै उर्जा क्षेत्रको समग्र विकासका निम्ती श्वेतपत्र जारी गरेको जानकारी दिदै ३५ सय मेगावाट विद्युत नेपाल आफैले बनाउने गरी योजना अघि बढाएको जानकारी दिए । उनले त्यसका लागि १६ वटा आयोजनाको छनौट समेत भइसकेको बताए ।

उनले उर्जा क्षेत्रमा विश्व बैंकको थप सहयोग नेपाललाई आवश्यक रहेको धारणा राखे । मन्त्री पुनले सङखुवासभामा अध्ययन भइरहको अपर अरुणमा समेत विश्व बैंकको थप सहयोग नेपाललाई आवश्यक रहेकोे भेटमा बताए ।

मन्त्री पुनले राष्ट्रिय प्राथमिकतमा रहेका आयोजना र वैदेशिक लगानीमा संचालित आयोजनालाई द्रुत गतिमा अघि बढाउनको लागि सरकारले छिट्टै संयन्त्र बनाउने तयारी गरिरहेको जानकारी दिए । जग्गा अधिग्रहण र वन तथा वातावरण क्षेत्रको समस्या समाधानको लागि सरकारले योजना निर्माण गरिसकेको भन्दै भविष्यमा समस्या नआउने उनको भनाई थियो ।

नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका मन्त्री पुनले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न समेत विश्व बैंकका निर्देशकलाई आग्रह गरे । मन्त्री पुनले भने, ‘तपाईहरु बजारको चिन्ता नगर्नुहोस, हामी क्षेत्रीय बजार मात्र होईन, उर्जा व्यापारका लागि हामी देशभित्रै पनि बजार बनाउँछौ ।’ मन्त्री पुनले छिट्टै बङगलादेशसँग पनि उर्जा कोअपेरशनमा हस्ताक्षर गर्ने सरकारको तयारी रहेको बताए ।

भेटमा विश्व वैंकका आवासीय निर्देशक कुईमिओ फानले अपर अरुणमा सहयोग गर्न आफूहरु तयार रहेको बताए । उनले अन्तरदेशीय प्रशारण लाइनमा समेत सहयोग गर्न बिश्व बैंक तयार रहेको धारणा राखे । बङगलादेशसँगको विद्युत व्यापार सम्झौता भए अन्तरदेशीय प्रशारण लाइन निर्माणमा समेत सहयोग गर्न बिश्व बैंक तयार रहेको उनले बताए ।