
काठमाण्डौं, २ साउन । सानिमा बैंक लिमिटेड र सि.बि.एल मनि ट्रान्सफर बिच मलेशिया—नेपाल रेमिटयान्स सेवाका लागि सम्झौता भएको छ । सो सम्झौता कार्यान्वयनमा पनि आएको सानिमा बैंकले जनाएको छ ।
उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत मलेशियाबाट पठाएको रकम नेपाल भरी जुनसुकै स्थानबाट लिन सकिने छ ।
८,००० भन्दा बढि रकम आधिकारिक प्रतिनिधि मार्फत भुक्तानी लिन सकिने छ ।
मलेशियाबाट नेपाल पैसा पठाउदा नेपालमा भएको सानिमा बैंकको खाता वा कुनै पनि बैंकमा भएको खातामा सजिलै जम्मा गर्न सकिने बैंकले जनाएको छ ।
उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र सि.बि.एल मनि ट्रान्सफरको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत मो. सैदुर रहमान फराजीले हस्ताक्षर गरेका हुन् ।
हाल, सानिमा बंैकको सात वटै प्रदेशमा ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ वटा ए.टि.एम रहेका छन् ।















प्रतिक्रिया