
काठमाडौं, २ साउन । ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ आगामी असोजमा हुने भएको छ ।
रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुने अवार्डका लागि आवेदन फारम भर्ने समय साउन ३१ गते सम्म तोकिएको छ । आवेदन फारम असार १ गतेबाट सुरु भएको थियो ।
अवार्डका लागि नेपाली कलाकर्मीहरुले सक्रिय रुपमासहभागिता जनाइरहेका आयोजक संस्थाका अध्यक्ष मनोज थापाले जानकारी दिए । जुरी र भोटको आधारमा अन्तिम निर्णय हुने आयोजक संस्थाद्धारा जारी वज्ञप्तीमा जनाईएको छ ।
‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको अवार्डको गरिमा र विश्वासनीयतामा कुनै कमि हुन नदिने आयोजक संस्थाले जनाएको छ ।
कला र सञ्चार क्षेत्रमा आबद्ध व्यक्तिहरुबाट सञ्चालित रेस्पोन्सिभ मिडिया प्रालिले गर्न लागेको यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र भजन विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन् ।
सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई नगदसहित सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।















प्रतिक्रिया