४ कार्तिक २०८३, बुधबार

शितल शर्मा र कला लम्साल झगडा गरेपछि राजु मास्टरलाई आपत, हेर्नुस् रमाइलो भिडियो

75.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सासु र बुहारीको झगडा परेपछि घर कस्तो होला ? श्रीमान त पक्कै पनि आपतमा परिहाल्छन् ।

नेपाली घरघरको यस्तै कथा बोकेर आएको छ, तीजको मौलिक गीत ‘महारानी’ । जहाँ बुहारीलाई महारानीका रुपमा चित्रित गरिएको छ ।
गायिका शितल शर्मा र कला लम्सालको स्वरले सजिएको यो गीतमा उनीहरु दुवैजनाले अभिनय पनि गरेका छन् । शितल सासुको भूमिकामा देखिन्छन् । अविवाहित शितललाई सासुको भूमिका निकै सुहाएको छ ।

अर्की लोकप्रिय गायिका कला लम्सालको पनि उस्तै अभिनय छ । उनी छुच्ची बुहारीको रुपमा देखिएकी छिन् । आमा र श्रीमतीको झगडा परेपछि श्रीमानको भूमिकामा रहेका राजु पौडेल ‘मास्टर’लाई सम्हाल्न निकै अप्ठेरो परेको देखिन्छ ।

‘सासु र बुहारी आमा छोरी भए पनि कतिपय घरमा सासुबुहारी नमिल्दा परिवार भताभुंग भएको देख्न सकिन्छ, त्यसैलाई मैले गीतमा उतारेर दर्शकको माझमा ल्याएकी छु,’ शितलले दैनिक नेपालसँग भनिन्- ‘म्युजिक भिडियो सार्वजनिक भएपछि दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छु ।’

गीतमा दिविशा शर्मा, सुशान्त पाठक र रुपा खनालको पनि अभिनय छ । शितल मिडियाको पहिलो प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोको निर्देशन र छायांकन दुर्गा पौडेलले गरेका हुन् । गीतमा शब्द र लय शिव हमालको रहेको छ ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=DzkAMVMN1Zg&feature=youtu.be