
काठमाडौँ । ‘पानको मिसी…’ बोलको गीतको सफलतापछि गायिका सुनिता अधिकारी तीजको नयाँ कोसेली लिएर दर्शकहरुको माझमा आउँदैछिन् ।
सुनिताले आठौँ कोसेलीको रुपमा दर्शकहरुलाई नयाँ गीत ल्याउन लागेकी हुन् । ‘पानको मिसी दर्शकहरुले निकै मन पराइदिनुभयो, स्वदेश–विदेशमा रहेका दर्शकहरुबाट निकै सुझाव पाएँ । मिडियाको पनि राम्रो साथ पाएँ । त्यसैले छिट्टै दर्शकहरुको मन छुने मौलिक तीज गीत ल्याएर आउँदैछु ।’– सुनिताले दैनिक नेपालसँग भनिन् ।
शिव हमालको लय र शब्द रहेको गीतमा सुनिताको आफ्नै स्वर छ । म्युजिक भिडियोमा उनी आफैले अभिनय गर्दैछिन् । कुशल नृत्यंगना समेत रहेकी सुनिताले गायनसँगै अभिनयलाई पनि अघि बढाउने सोच बनाएकी छिन् ।
लमजुङबाट करिअर सुरु गरेकी सुनिताले दर्शकमाझ आफ्ना सात वटा गीत ल्याइसकेकी छिन् ।















प्रतिक्रिया