२ कार्तिक २०८३, सोमबार

आइएमई इन्स्योरेन्सद्वारा एक अर्ब बीमा प्रिमियम संकलन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १ असार । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक बर्ष २०७४।०७५ मा कूल बीमा शुल्क १ अर्ब ९२ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

उच्च व्यवस्थापन तथा कर्मचारीहरुसँग शुभकामना आदान प्रदान गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले आर्थिक बर्ष २०७४।०७५ मा एक अरब ९२ लाख बीमा शुल्क आर्जन गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।

२०७५ आषाढ मसान्तसम्ममा कम्पनीको शाखा सञ्जाल ४२, कर्मचारी संख्या २३५ रहेको जानकारी दिंदै आगामी बर्षहरुमा नेपालको एक उत्कृष्ठ निर्जीवन बीमा कम्पनीको रुपमा कम्पनीलाई स्थापित गर्ने उद्देश्यका साथ कार्य गर्ने जानकारी दिए ।

आजको यस शुखद घडी कम्पनीको संचालक समिति, शेयरधनीहरु सहित कम्पनीमा अहोरात्र खटिएर कार्य गर्ने उच्च व्यवस्थापन, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु लगायत सम्पूर्ण कर्मचारीहरको मेहनतको साझा परिणाम होे भन्दै खुशीको यस अवसरमा सबैलाई धन्यवाद दिए ।

साथै सोही अवसरमा कम्पनीलाई माया गरी कम्पनीसँग व्यावसायिक सम्बन्ध राख्ने सम्पूर्ण ग्राहकप्रति हृदय देखि कृतज्ञता सहित धन्यवाद व्यक्त गर्दै श्रेष्ठले आउने दिनहरुमा सबै ग्राहकसँग अझै गहिरो व्यावसायिक सम्बन्ध स्थापना गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।