४ कार्तिक २०८३, बुधबार

मालिकाको पहिलो गीत : ‘ओ बाज्या, धनगढीमा रेल आको दिन म धरान जान्या हो’ (भिडियोसहित)

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ । आउँदो कार्तिक २१ गते लक्ष्मी पूजाका दिन प्रदर्शन मिति तोकिएको चलचित्र मालिकाको पहिलो गीत सार्वजनिक गरिएको छ ।

मंगलबार दरबारमार्गको राइजिङ मलको हलमा चलचित्रमा समावेश ‘ओ बाज्या, धनगढीमा रेल आको दिन म धरान जान्या हो’ सार्वजनिक गरिएको हो ।

रेखा फिल्म्सको प्रस्तुतीमा नायिका रेखा थापाको निर्देशन, सामाजिक अभियन्ता नरबहादुर कार्की कार्यकारी निर्माता र सरस्वती थापा निर्माता रहेको चलचित्र बालविवाहको कथामा आधारित छ । चलचित्रले कर्णालीका बालिकाहरुको जीवनलाई उजागर गरेको छ ।

एक सय जना जाजरकाकेटका महिलाहरुले नाँचेको गीतमा ऐतिहासिक जाजरकोट दरबारको दृश्य समेत कैद छ । यसैगरी मयूर नाँच, पौराणिक खाँडो नाँचलाई पनि गीतमा समेटिएको छ ।

कार्यकारी निर्माता कार्कीले लेखेको गीतमा सुरेश अधिकारीको संगीत तथा अन्जु पन्तको स्वर रहेको छ । गीतमा राजमी लामिछानेको कोरियोग्राफी छ ।