२ कार्तिक २०८३, सोमबार

एनसेलद्वारा सेवा शुल्क समायोजन, नयाँ भ्वाइस तथा डाटा प्याक पनि शुरु

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १ साउन । एनसेल प्राईभेट लिमिटेडले मंगलबारबाट आफ्ना सम्पूर्ण मूल्यमा नेपाल सरकारले दूरसञ्चार सेवा शुल्कमा हालै गरेको परिमार्जन अनुरुप नयाँ दूरसञ्चार सेवाशुल्क दर लागू गरेको छ ।

नयाँ करको दर कार्यान्वयन गर्ने क्रममा एनसेलले विभिन्न सेवाहरुमा लाग्दै आएको कर अघिको मूल्यमा कुनै परिवर्तन गरेको छैन । साथै डाटा तथा भ्वाइस सेवामा आफ्ना ग्राहकलाई सुलभ रुपमा थप मूल्य प्रदान गर्न कम्पनीले नयाँ योजना पनि सार्वजनिक गरेको छ ।

दूरसञ्चार सेवा शुल्कमा भएको परिमार्जन लागू गर्ने क्रममा कम्पनीले आफ्ना सम्पूर्ण सेवाको मूल्यकर बाहेकको दरमा ग्राहकलाई सुसूचित गर्ने र उक्त मूल्यमा मंगलबारदेखि नयाँ सेवा शुल्क लागू भएको जनाएको छ ।

नेपाल सरकारले समसामयिक कर असुली ऐन अन्तर्गत गरेको आदेश तथा आर्थिक वर्ष २०७५÷७६ को बजेट वक्तव्यमा गरेको घोषणामा भ्वाइस तथा अन्य दूरञ्चार सेवामा लाग्दै आएको ११ प्रतिशत दूरसञ्चार सेवा शुल्कलाई १३ प्रतिशत कायम गरिएको र इन्टरनेट सेवामा पनि १३ प्रतिशत सेवा शुल्क लगाइएको छ ।

साथै आफ्ना ग्राहकको सुविधाको लागि कम्पनीले मंगलबारदेखि ९० दिनको लागि लागू हुने गरी ल्याएको नयाँ योजनामा एनसेलले आफ्ना ग्राहकलाई थप डाटा भोल्युम सहितको विभिन्न नयाँ दैनिक, ३ दिने, साप्ताहिक र मासिक डाटा प्याकहरु ल्याएको छ ।

त्यस्तै भ्वाइस सेवामा थप टक टाईम प्रदान गर्दै कम्पनीले नयाँ दैनिक, ३ दिने, साप्ताहिक, मासिक, डे तथा डे अनलिमिटेड भ्वाईस प्याकहरु ल्याएको जनाएको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि प्याक सुचारु गरी थप लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

‘एनसेलले नेपालको नियम तथा कानुनको सदैव सम्मान तथा पालना गर्दछ । साथै डाटा तथा भ्वाइस सेवामा ल्याइएको नयाँ योजनाले ग्राहकलाई सुलभ दरमा थप मूल्य प्रदान गर्ने हाम्रो प्रतिवद्घतालाई थप उजागर गर्दछ,’ एनसेलका प्रमुख कमर्सियल अधिकृत एन्डी चोङ्गले भने ।

नयाँ डाटा योजना अन्तर्गत एनसेलले आफ्ना ग्राहकलाई शुल्कको थप मूल्य प्रदान गर्ने गरी आकर्षक प्याक ल्याएको छ । उदाहरणका लागि दैनिक प्याकमा ग्राहकले मात्र रु ९ मा ३५ एमबि डाटा खरिद गर्न सक्ने र त्यसमा थप ३५ एमबिको फोरजी डाटा भोल्युम बोनस स्वरुप निःशुल्क प्राप्त गर्नेेछन् ।

ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी दिइएको डाटा प्याकमध्ये कुनै पनि विकल्प रोजी सहजै आफनो आवश्यकता बमोजिमको कुनै पनि डाटा प्याक सुचारु गर्न सक्छन् । साथै भ्वाइस प्याक लिनका लागि एस्ट्रिक्स १७११८ ह्यास डायल गरि वा १७११८ मा डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकता अनुरुपको कुनै पनि प्याक सुचारु गर्न सकिने कम्पनीको भनाई छ ।

नयाँ दूरसचार सेवा शुल्क लागू हुँदा मूल्यमा पर्ने असरलाई केहि कम गर्न एनसेलले एसएमएस प्याक, अन्तर्राष्ट्रिय रोमिङ्ग र रोमिङ्गप्याक, बिजप्लान र एनसेल कोसेली सेवाको कर अगाडिको शुल्क घटाएको छ ।

लोकल कलमा लाग्दै आएको कर बाहेकको दर रु १.९९ प्रतिमिनेटमा कुनै परिवर्तन गरिएको छैन । त्यसैगरी एसएमएस, डाटा सेवा अन्तर्गतको पे एज यु गो, सापटी तथा पोष्टपेड सेवाको प्याकहरुको कर अघिको शुल्कमा पनि कुनै परिवर्तन गरिएको छैन ।

भ्वाइस, डाटा लगायतका सबै सेवाको नयाँ शुल्क तथा योजनाको बारेमा सबै जानकारी एनसेलको आधिकारिक वेबसाइट www.ncell.axiata.com मा पनि उपलब्ध रहेको छ ।