लण्डन, १ साउन । बेलायत सरकारले सेनामा अब नेपाली महिलहरूलाई पनि भर्ती हुन दिने भएको छ ।
सन् २०२० सम्ममा महिलाहरूलाई भर्ती गर्ने तयारी बेलायतले गरेको छ । बेलायती रक्षामन्त्री ग्याभिन विलियम्सनले नेपाली महिलाहरूले सर्वोत्कृष्ट ब्रिगेडमा सेवा गर्ने अवसर पाउनु उचित भएको लिखित तर्क गरेको बिबिसीले जनाएको छ ।
बेलायती सेनामा कार्यरत गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनन्ट जनरल निक पोपले सन् २०२० सम्ममा महिला आवेदकहरूका लागि पनि खुल्ला हुने बताए ।
बेलायती सेनामा नेपालीहरु करिब दुई सय वर्षअघिदेखि सहभागिता जनाए पनि अहिलेसम्म महिलाहरुलाई भर्ती गरिएको थिएन ।
सेनामा भर्ती हुने महिलाले पुरुषले जस्तै नै कठिन शारीरिक परीक्षाहरूमा उत्तीर्ण हुनुपर्नेछ । भर्ती हुनेको तौल ५० केजी, पाँच फुट एक इन्च बढी, आठ पटक ‘अन्डर्आर्म हीभ’ हुनुपर्नेछ ।
आवेदक महिलाहरूले २५ केजी बालुवा डोकोमा बोकेर पाँच किलोमिटर उकालो दौडिनुपर्ने पनि मापदण्ड राखिएको छ । पोखरामा भर्ना प्रक्रिया हुनेछ । छनोट भएकाले ब्रिटेनको नर्थ योर्कशरस्थित क्याट्रिकमा १० हप्ता तालिम लिनेछन् ।















प्रतिक्रिया