२ कार्तिक २०८३, सोमबार

कर्मचारी र श्रमिकको पारिश्रमिक बैंक खातामार्फत

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३२ असार । सरकारले आगामी आर्थिक वर्षको पहिलो दिनदेखि नै कर्मचारी तथा श्रमिकको पारिश्रमिक बैंक खातामार्फत मात्र भुक्तानी गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले देशभरिका श्रमिकको तलब बैंक खातामार्फत भुक्तानी गर्ने व्यवस्था साउन १ गतेदेखि लागू गर्ने निर्णय पारित गरेको हो । सरकारी कार्यालय, निजी प्रतिष्ठान, संघसंस्था लगायतका हकमा फरक–फरक समयसीमा राखेर यो नियम लागू गर्ने निर्णय गरिएको छ ।

सरकारले सबै क्षेत्रमा काम गर्ने श्रमिकको तलब बैंकमार्फत भुक्तानी गराउने व्यवस्था मिलाउन रोजगारदाता कम्पनीलाई केही दिनको समय दिने भएको छ । यसका लागि कतिपय स्थानीय तहमा अझै बैंक नपुगेकाले सरकारले तत्कालै सबै ठाउँमा बैंकका शाखा कार्यालय पुर्‍याउने निर्णय पनि गरेको छ ।

गत जेठमा ल्याइएको श्रम नियमावलीमा श्रमिकको तलब बैंक खाताबाटै भुक्तानी गर्ने व्यवस्था गरिएको थियो । निय लागू गर्न साउन १ देखि असोज महिनाभित्र खाता खोलिसक्न निर्देशन समेत दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

आकस्मिक वा आंशिक रोजगारी वापतको भुक्तानी भने नगदै वा चेक मार्फत गर्न सकिने निर्णयमा उल्लेख छ । सरकारले असार २५ गते श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण गरेको थियो ।