
काठमाण्डौं, ३२ असार ।
उपत्यकाका सबै हलहरुमा साउनबाट बक्सअफिस प्रणाली लागु हुने भएको छ । चलचित्र विकास बोर्डले बक्सआफिस प्रणालीका लागि उपत्यकाका केहि बाहेक सबै हलहरुमा बक्सअफिस प्रणाली जडान भईसकेको जनाएको छ ।
उपत्यकामा साउन १ गतेबाटै सो प्रणाली लागु गर्ने बोर्डको तयारी छ । लामो समयको प्रयासपछि बक्सअफिस प्रणाली लागु गर्न लागिएको हो ।
मंगलबार सञ्चारमन्त्री गोकुल बाँस्कोटाले उपत्यकामा औपचारिक रुपमा बक्सअफिसको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
गएको बैशाख १ गतेबाट नै काठमाडौंमा बक्सअफिस लागू हुने चलचित्र विकास बोर्डले घोषणा गरेता पनि कार्यन्वयन हुन सकेको थिएन ।
वर्तमान सरकारद्वारा जारी ०७५/०७६ को बजेटमा राजश्व संकलनका लागि आगामी आर्थिक वर्षबाट बक्स अफिस प्रणाली ‘ई–टिकेटिङ सिस्टम’ लागू गर्ने निर्णय गरेको थियो ।
उपत्यका बाहिरका हलमा भने अर्को आर्थिक वर्षको अन्त्यसम्ममा बक्सअफिस सिस्टम जडान गरिसक्ने चलचित्र विकास बोर्डको तयारी छ।
बक्सअफिस लागू भएपछि अब आफ्नो चलचित्रको आधिकारीक आम्दानी लिन सकिने निर्माताहरुको विस्वास छ । तर बक्सअफिस लागू भएपछि अनलाइन डाटाको माध्यमबाट फिल्मको कमाईको सम्पूर्ण जानकारी प्राप्त हुनेछ।















प्रतिक्रिया