
काठमाण्डौं, ३२ असार । सानिमा बैंक लिमिटेडले थप १६ वटा नयाँ शाखा कार्यालयहरुको स्थापना गरीस्थानीय तहका सम्पुर्ण शाखाहरु सञ्चालनमा ल्याएको छ ।
राष्ट्र बंैकले तोके बमोजिम २०७५ आषाढ मसान्तसम्म सञ्चालन गर्नुपर्ने प्रावधान अनुसार सानिमाले विभिन्न १६ गाउँपालिकाहरुमा शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो ।
सञ्चालित नयाँ शाखाहरुमा नुवाकोटको किस्पाङ र शिवपुरी, दैलेखको डुङ्गेश्वर, मकवानपुरको बाग्मती र कैलाश, पर्साको पर्सागढी र पटेर्वा सुगौली तथा ललितपुरको कोन्ज्योसोम रहेका छन् ।
यस्तै उदयपुरको उदयपुरगढी, इलामको फाकफोकथुम, सुर्खेतको चिङ्गाड, डडेल्धुराको भागेश्वर, खोटाङको दिप्रुङ चुईचुम्मा, कालिकोटको सान्नी त्रिवेणी, बाजुराको हिमाली र दोलखाको मेलुङ्गमा शाखा पनि नयाँ शाखाको रुपमा विस्तार भई सञ्चालनमा आएका छन् ।
उक्त शाखाहरुबाट बंैकले सो क्षेत्रका कृषक, व्यवसायी, सर्वसाधारण तथा स्थानिय निकायलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्य लिएको छ ।
सानिमा बंैकका उक्त शाखाहरु समेत गरी सात वटै प्रदेशमा हाल ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ वटा ए.टि.एम रहेका छन् ।















प्रतिक्रिया