शम्भू शैनी
कपिलवस्तु, २८ पुस । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आयोजना गरेको थरुहट, थारुवान र मधेस बन्दको प्रभाव कपिलवस्तुमा पनि परेको छ । बन्दका कारण जिल्लाका यातायात, उधोग व्यवसाय र कलकारखाना पुर्ण रुपमा प्रभावित बनेका छन ।
बन्दकर्ता बिहानैदेखि जिल्लाका चोक–चोकमा वसी सवारी साधन आवतजावतमा रोक लगाएका छन् भने पसलहरु बन्द गराएका छन् । यता प्रशासनले भने सुरक्षा व्यवस्था कढा बनाएको छ ।
बिहानैदेखि जिल्लाका सम्वेदनशील स्थानहरुमा शसस्त्र प्रहरी, नेपाल प्रहरी र सादा पोशाकका प्रहरी खटाइएको छ । बन्दका कारण सदरमुकाम तौलिहवा, चन्द्रौटा र कृष्णनगरकाट चल्ने लामो र छोटो दुरीका सवारी साधन पुर्ण रुपमा अवरुद्ध भएका छन ।
बन्द सफल बनाउन खटिएका मोर्चाका कार्यकर्ता चोक–चोकमा नाराबाजी गर्दै बन्द सफल बनाउन लागेका छन् ।















प्रतिक्रिया