काठमाडौं, ३२ असार । एन आई सी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आएकोे छ ।
सोही क्रममा बैंकले तनहुँ जिल्ला, शुक्लागण्डकी नगरपालिकाको साँखे बजारमा र व्यास नगरपालिकाको कलेस्तीमा आपm्नो चौधांै र पन्ध्रांै शाखारहित बैंकिङ्ग सेवा असार ३१ गतेबाट संचालनमा ल्याएको हो ।
बैंकले शुक्लागण्डकी नगरपालिकाको साँखे बजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन शुक्ला गण्डकी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष रामचन्द्र भण्डारी र वडा नं. ११ का वडा अध्यक्ष दलबहादुर थापाले संयुक्त रुपमा गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले मानबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।
बैंकले व्यास नगरपालिकाको कलेस्तीमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन सोहि नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सतिशचन्द्र न्यौपानेद्वारा गरिएको थियो । बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा सिकन्दर गुरुङ्गलाई नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।















प्रतिक्रिया