रवात, ३२ असार । अधिकारवादी र नेताहरुलाई जेल सजाय गरेको विरोधमा मोरक्कोमा व्यापक प्रदर्शन भएको छ ।
मोरक्कोको राजधानी रबातमा आइतबार भएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी भएको एएफपीले जनाएको छ । उनीहरूले ती अधिकारवादी र नेताहरुलाई जेलमुक्त गर्न माग गर्दै नाराबाजी गरेका थिए । उनीहरुले आफ्नो देशमा अदालतले नै अन्याय गरेको टिप्पणी पनि गरेको समाचारमा उल्लेख गरिएको छ ।
सन् २०१६ र २०१७ मा भएको अत्यन्त लोकप्रिय आन्दोलनको नेतृत्व गरेको अगुवा अल हिरक अल सावीका नेता र अधिकारकर्मीहरूलाई थुनामा राखिएको विरोधमा उनीहरुका समर्थकहरूले प्रदर्शन गरेका हुन् ।
मोरक्कोको अदालतले यही जुन २६ मा हिरकका सदस्य र अधिकारकर्मीसहित ५३ जनालाई जेल सजायको फैसला गरेको थियो । उनीहरूलाई एक वर्षदेखि २० वर्षसम्मको जेल सजाय तोकिएको अधिकारीहरुरूले जनाएका छन् ।
आन्दोलनका नेता नासिर जेफ्जाफी र अरु तीन जनालाई २०/२० वर्ष जेल बस्नु पर्नु फैसला अदालतले गरेको हो । जेल सजाय तोकिएकालाई मुलुकको कानून उल्लंघन गरेको, सुरक्षा व्यवस्थामा खलल पु-याएकोलगायत अभियोग लगाइएको छ ।
अदालतको सो फैसलाको विरोधमा अधिकारकर्मीले नारा जुलुशसहित मोरक्कोको संसद् अगाडि प्रदर्शन गरेका थिए । एएफपी















प्रतिक्रिया