
काठमाडौँ, ३१ असार । सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सरल सुलभ उपचारका लागि भक्तपुर गठ्ठाघरस्थित भक्तपुर जिल्लाकै ठूलो नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडसँग सम्झौता भएको छ ।
जीवन वीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परीक्षण अब नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडले गर्ने भएको छ भने त्यसको सम्पूर्ण व्यवस्थापन सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले गर्नेछ ।
नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड गठ्ठाघरमा गरिएको सम्झौतामा अस्पतालका तर्फबाट प्रवन्ध सञ्चालक नगेन्द्र झा र सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज केसीले हस्ताक्षर गरे । उक्त अवसरमा कम्पनीका बरिष्ठ प्रबन्धक गुण राज श्रेष्ठ र प्रबन्धक उषा खतिवडासमेतको उपस्थिति थियो ।
सम्झौता अनुसार उपचार खर्च, औषधि र डाक्टरसँगको परामर्शमा अस्पतालले १५ प्रतिशत सम्मको सहुलियत प्रदान गर्ने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका जीवन वीमाका ग्राहक र कर्मचारीलाई उक्त सुविधा प्रदान गर्ने सम्झौता भएको हो ।
नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडका प्रवन्ध सञ्चालक झाले, सानिमा लाईफ इन्स्योरेन्सका माध्यमबाट क्यासलेस स्वास्थ्य परीक्षण गराउन पाएकोमा खुशी व्यक्त गरे ।
आफ्ना ग्राहक र कर्मचारीको स्वास्थोपचार लागि विभिन्न योजनाहरु ल्याउनुका साथै अस्पतालसँग निरन्तर सहकार्य गर्ने अपेक्षा रहेको नायव महाप्रबन्धक केशव राज केसीले बताए ।















प्रतिक्रिया