
काडमाडौँ, ३१ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आइतबार थप चार वटा शाखा विस्तार गरेको छ ।
प्युठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा र अछामको ढकारीमा शाखा सञ्चालनमा ल्याइएको हो । आइतबार बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिृत राजनसिंह भण्डारीले कम्युटरको माध्यमबाट शाखाको विधिवत उदघाटन गरे ।
सरकारले वित्तीय पहँुच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्द्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेको छ । यसलाई मुर्त रुप प्रदान गर्न सिटिजन्स बैंकले थप ४ वटा शाखा संचालनमा ल्याएको हो । यो सँगै बैंकका देशभर ७८ वटा शाखा पुगेका छन् ।
संघीयतालाई दह्रो र सहज बनाउन अतुलनीय भूमिका निर्वाह गरेको बैंकले यहि आ.व २०७४।७५ मा नवलपरासीको भूमही, मकवानपुरको मनहरी, बर्दियाको बढैयाताल, झापाको हल्दिबारी, महोत्तरीको औरही, हुम्लाको सर्केगाड, कास्कीको सिमलचौर, इलामको माङसेबुङ, सोलुखुम्बुको लिखु पिके, रामेछापको सुनापती, काभे्रको तिमाल, सिन्धुलीको हरिहरपुरगढी, धनकुटाको खाल्सा छिन्ताङ सहीद भूमि र दाङको बंगलाचुली गरि कुल १४ शाखाहरु संचालनमा ल्याइसकेको छ ।
नियमनकारी निकायको निर्देशन अगावै यस बैंकले नेपालको दुर्गम क्षेत्रमा शाखाहरू विस्तार गरिसकेको थियो । २०६८ सालमा हुम्लाको सिमिकोट र २०७१ सालमा डोल्पामा शाखा खोलिनु यसका केहि उदहारणहरु हुन ।
निकट भविष्यमानै बैंकले कैलालीको मोहन्याल, काठमाडौँको टोखा र थानकोटमा थप शाखा संचालन गर्ने योजना अगाडी सारेको बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले जानकारी दिए । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७८ वटा शाखा, ७० वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिब तीन लाख पचास हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।















प्रतिक्रिया