१ कार्तिक २०८३, आइतबार

व्यक्तिको बहुप्रतिभा पहिचान गर्ने प्रविधि गुल्मीमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

byoअनिल खत्री
गुल्मी, २८ पुस ।  शैक्षिक प्रविधि केन्द्रले तम्घासमा ‘विद्यार्थीको बहुप्रतिभा पहिचानमा प्रविधिको प्रयोग’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।  ब्रेन चाईल्ड लर्निङ काठमाडौँ र माईण्ड टेक लुम्विनीको सहकार्यमा रिडर्स पव्लिक हाई स्कुल खानिगाउँमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सहायक जिल्ला शिक्षा अधिकारी दिपेन्द्रराज ढकालले शिक्षा मन्त्रालय अन्तर्गत सञ्चालन गर्ने तालिम कार्यक्रमहरुमा बालबालिकाको अन्तरनिहित प्रतिभाको पहिचान गरी पढनपाठन गराउनुपर्नेमा जोड दिनुभयो ।

यसका लागि शैक्षिक प्रविधि केन्द्रले भित्राएको डम्याटोग्लिफिक्स प्रविधि सहयोगी बन्ने बताउनुभयो । डम्याटोग्लिफिक्स प्रविधि व्यक्तिमा रहेको प्रारम्भिक बानि, सोँच्ने तरिका, काम गर्ने तरिका, सिक्ने तरिका, सिकाई सम्वेदनशीलता, भविश्यमा रोज्न सकिने पेशा एवं दायाँ बायाँ दिमागको संरचना समेत पत्ता लगाउन सकिने ब्रेन चाईल्ड लर्निङ नेपालका डाईरेक्टर हिमाल ओझाले जानकारी दिनुभयो ।

‘यो प्रविधि हातका दशवटा औलाको टुप्पालाई बायोमेट्रिक मेसिनको सहायताले तस्विर उतारी मलेसियामा रहेको अत्याधुनिक प्रयोगशालामा परिक्षण गरेपछि प्राप्त हुने रिपोर्टको आधारमा यस्ता तथ्य पत्ता लगाउन सकिन्छ,’ उहाँले भन्नुभयो ।

शैक्षिक प्रविधि केन्द्रका कार्यकारी निर्देशक विष्णुप्रसाद पन्थीको अध्यक्षता र कार्यक्रम संयोजक नरेश भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा रिडर्स पव्लिक हाई स्कुलका संस्थापक प्रिन्सिपल श्रीप्रसाद भलामीले यो प्रविधिलाई आफ्नो विद्यालयमा लागुगराउन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।