१ कार्तिक २०८३, शनिबार

युरोप पुग्ने सपना तर, यात्रा एक नर्कको

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३० असार । युरोपेली मुलुकहरुमा युरोप बाहिरका अवैध आप्रवासीहरु पुग्ने कुरा कुनै नौलो भने होइन । पछिल्लो समय अफ्रिकाबाट हजारौको संख्यामा मानिसहरु त्यसतर्फ जाने क्रम बढेको बिबिसीले उल्लेख गरेको छ । पछिल्लो केही महिना देखि दशौं हजारको संख्यामा अफ्रिकीहरुले अवैध रुपमा युरोप प्रवेशको प्रयास गरिरहेका जनाईएको छ ।

अचम्म लाग्दो कुरा त के भने कयौं आप्रवासीहरु युरोप प्रवेश गर्न सहारा मरुभूमीको बाटो भोकै कयौं दिन हिड्ने गरेका छन् । आप्रवासन सम्बन्धी अन्तर्राष्ट्रिय संस्था आईओएमका नाईजर मिसन प्रमुख लोप्रेटका अनुसार उनीहरु ४५ डिग्री सेल्सीयसको तापक्रममा ३० किलोमिटर भन्दा लामो दुरी सम्म यात्रा गर्ने गरेका छन् ।

यो यात्रामा कयौंको जुताको तलको भाग सबै खिईएर सकिने समेत जनाईएको छ । युरोपका मुलुक पुग्न यत्ति कठिन यात्रा गर्ने आप्रवासीहरुलाई त्यस क्षेत्रका देशहरुले मानवीय व्यवहार नगरेकोले मानव अधिकारको उल्लंघन समेत हुने कतिपयको विश्लेषण छ । कतिपय यस्ता आप्रवासीहरुको विषयमा बनाईएका रिपोर्टहरु अल्जेरियाली विदेश मन्त्रालयले लुकाउने गरेको समेत जनाईएको छ ।

उनीहरुले युरोप पुग्नका लागि अल्जेरीयाको बाटो प्रयोग गर्ने गरेको बिबिसीले उल्लेख गरेको छ । यस्ता कयौं आप्रवासीहरुलाई अल्जेरियाले सहाराको विभिन्न स्थानमा छाडेको समेत उल्लेख छ । आईओएमका अनुसार गत सेप्टेम्बर महिना देखि हाल सम्म दश हजार भन्दा बढिको संख्यामा त्यस्ता मानिसहरु दक्षिणी सिमा क्षेत्रमा छाडिएका छन् । तर, त्यस्तो दाबी अफ्रिकाका उत्तरी मुलुकहरुले अस्विकार गरेका आईएमले जनाएको छ ।

आईओएमका प्रवक्ताले भनेका छन, ‘नाइजीरिया र मालीका सीमामा पुगेको संख्यामा धेरै महत्वपूर्ण गिरावट आएको छ, जुन जूनको अन्त्यमा मात्र दर्जनौं जोडी मानिसहरू गाउ, मालीमा आइपुग्थे ।’

एपीएनएले यो मुद्दा हल्का नभएको र यसले ट्राफिकहरूको सामूहिक बिरोध जारी राखेको जनाएको छ । –एजेन्सी