१ कार्तिक २०८३, आइतबार

ललितपुर टिकाभैरबमा वृद्धाको वेवारिशे शव फेला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २८ पुस । ललितपुर लेलेस्थित टिकाभैरब त्रिवेणी घाटमा एक बृद्धको शव वेवारिशे अवस्थामा भेटिएको छ । नाम थर र ठेगाना नखुलेको अन्दाजी ७० वर्षका बृद्ध बिहान घाटसँगै रहेको पाटी मृत अबस्थामा स्थानीयले फेला पारेका हुन ।

वृद्धा करिब तीन महिनाअघिदेखि घाटमा बस्दै आएको स्थानीयले बताएको छ । वृद्धा पछिल्लोपटक थला परेको समेत स्थानीयले बताईएको छ । वृद्धा भारतीय नागरिक हुन सक्ने आशंका स्थानीयले गरेका छन् । महानगरी प्रहरी प्रभाग चापागाउँले बिमारी र रातको चिसोका कारण मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । शवलाई जिल्ला अस्पताल पाटनमा पोष्टमाटमका लागि पठाईएको छ ।