मुम्बई । अपरिचित व्यक्तिले ज्यानमर्ने धम्की दिएपछि बलिउड अभिनेत्री आयशा टाकिया तनावमा परेकी छिन् ।
आयशाको परिवारलाई समेत ज्यानमार्ने धम्की आएको छ । आयशाका पति फरहान आजमीले आफूहरूलाई फोन र म्यासेजबाट धम्की आएको ट्विटरमा बताएका छन् ।
आयशाको परिवारलाई आएको यो धम्की एउटा मुद्दासँग जोडिएको छ । आर्थिक विवादमा उनीहरूलाई मुद्दा हाल्ने व्यक्तिले धम्की दिएका हुन् । आफ्नो ट्वीटमा फरहानले डीएसपी परमजीत सिंह दहियामाथि रेस्पोन्स नगरेको र गुनासो सुन्न इन्कार गरेको आरोप लगाएका छन् ।
उनले दहियालाई पठाएको म्यासेजको स्क्रिनसट पनि राखेका छन् । यो ट्वीट उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्यागसमेत गरेका छन् । फरहान समाजवादी नेता अबू आजमीका छोरा हुन् ।
उनको पूर्वविजनेस पार्टनर कासिफ खानसँग अदालतमा मुद्दा चलिरहेको छ । यस मामलामा बान्द्रा पुलिस स्टेसनमा फरहानविरुद्ध कासिफ खानले धोखाधडीको मुद्दा दायर गरेका हुन् ।
कासिफले मंगलबार दिउँसो फोन गरेर आफू र आयशालाई विभिन्न धम्की दिएको फरहानको भनाई छ । उनले गैरकानूनी तरिकाले आयशाको बैंक अकाउन्ट फ्रिज गरिएको गुनासो पनि गरेका छन् । एजेन्सी















प्रतिक्रिया